अदुवाभित्र लुकाएर ल्याएको २०८ किलो गाँजासहित चालक र मिनीट्रक पक्राउ


२०७९ श्रावण ९ सोमबार ०८:०३ बजे

मोरङ । अदुवा लोड भएको मिनीट्रकभित्र लुकाएर भारततर्फ लैजान लागेको दुई सय आठ किलो गाँजा सुनसरी प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका- ४ बसचोकबाट को.१ ख २९२६ नम्बरको अदुवा बोकेको मिनीट्रकमा लुकाएर ल्याएको सात बोरा (दुई सय आठ किलो ) गाँजा प्रहरीले चेकजाँचका क्रममा पक्राउ गरेको हो ।

प्रहरीले गाँजासहित मिनीट्रक र त्यसका चालक धनकुटा सहिदभूमि- २ का २१ वर्षीय तेज राईलाई पनि नियन्त्रणमा लिएको छ । चालक राईलाई प्रतिबन्धित लागुऔषध गाँजा ओसारपसार गरेको आरोपमा जिल्ला अदालत सुनसरीमा सात दिनको म्याद थप गराएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रदेश १ को पहाडी जिल्ला धनकुटा, उदयपुरलगायतका जिल्लामा अवैध रूपमा उत्पादन भएको गाँजा लुकाइछिपाई भारततर्फ तस्करी हुने गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७