नेपालको वैदेशिक व्यापार २१ खर्ब २० अर्ब : घाटा १७ खर्ब


९ श्रावण २०७९, सोमबार
bandargaha

काठमाडौँ । नेपालको व्यापार घाटा २३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/०७९ मा नेपालको व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ रहेको छ ।

अघिल्लो वर्ष १३ खर्ब ९८ अर्व व्यापारघाटा रहेकोमा यो वर्ष २३ प्रतिशतले बढेको छ । एक वर्षमा १९ खर्ब २० अर्ब रुपैयाँको आयात हुँदा २ खर्बको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष १५ खर्ब ३९ अर्ब रुपैयाँ आयात हुँदा १ खर्ब ४१ अर्ब रुपैयाँको रहेको थियो । कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब रुपयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा २६.१५ प्रतिशतले बढेको हो ।

यस्तो छ आर्थिक वर्ष २०७८/७९ को वैदेशिक व्यापार
– आयात : १९ खर्ब २० अर्ब ४४ करोड (२४.७२ प्रतिशत बढेको)
– निर्यात : २ खर्ब ३ करोड (४१.७४ प्रतिशत बढेको)
– व्यापार घाटा : १७ खर्ब २० अर्ब ४१ करोड (२३ प्रतिशत बढेको)
– कूल वैदेशिक व्यापार : २१ खर्ब २० अर्ब ४७ करोड (२६.१५ प्रतिशत बढेको)
– वैदेशिक व्यापारमा निर्यातको हिस्सा : ९.४३ प्रतिशत (१२.३६ प्रतिशत बढेको)
– वैदेशिक व्यापारमा आयातको हिस्सा : ९०.५७ प्रतिशत (१.१३ प्रतिशत घटेको)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७