टान अध्यक्षमा महासचिव सरिता लामाको उम्मेदवारी घोषणा


९ श्रावण २०७९, सोमबार
Sarita Lama

काठमाडौं : ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा वर्तमान महासचिव सरिता लामाले उम्मेदवारी घोषणा गरेकी छिन् । आगामी अगस्ट १५ अर्थात् साउन ३० गते हुने टानको साधारणसभा एवम् निर्वाचनका लागि सापकोटाले आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।

कोभिडका कारण थलिएको पर्यटन क्षेत्रलाई नयाँ ढंग र संरचनाबाट पुन पुरानै लयबाट विश्व सामु नेपालको पर्यटन प्रवद्र्धन योजनाको ऐजेन्डा सहित लामाले उम्मेदवारी घोषणा गरेकी हुन् ।

लामाले उम्मेदवारी घोषणा गर्दै लेखेकी छिन्, ‘टानको ४१ औं साधारण सभाबाट निर्वाचित कार्य समितिको सदस्य हुँदै अहिले महासचिव छु । टानको विगतलाई नजिकबाट बुझेको छु । टानको वर्तमान अवस्थाको विषयमा सुचित छु र भविष्यमा टानको गरिमालाई नयाँ ढंगबाट उठाउन सक्ने योजनाका साथ टान अध्यक्षको उम्मेदवारी घोषणा गर्दछु । यही साउन ३० गते हुने निर्वाचनमा मलाइ पर्यटन व्यवसायीज्युले साथ र सहयोग गर्नु हुने ठूलो अपेक्षा छ ।’

अफ द बाल ट्रेकिङ कम्पनीकी प्रबन्ध निर्देशक लामा टानको सदस्य हुदैँ गत निर्वाचनमा महासचिवमा निर्वाचित भएकी थिइन् ।

लामाको उम्मेदवारी घोषणाको पूर्ण पाठ

ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) को पाँच दशक पुग्न लाग्यो । अहिले टान ४४ औं साधरण सभामा आइपुगेको छ । संस्थापक अध्यक्ष अम्बिका श्रेष्ठज्यू देखि स्व. टेकचन्द्र पोखरेलज्यु, स्व. दावा नुर्बु शेर्पाज्यु, नेत्र बान्तवाज्यु, आर. पि. पन्तज्यु, जे.बि. सिङ्गज्यु, याकिला शेर्पाज्यु, स्वा. पेम्बा शेर्पाज्यु,राजेन्द्र बान्तवाज्यु, सुमन पाण्डेज्यु, दिपक महतज्यु, नरेन्द्र बि.सि.ज्यु,ज्योति अधिकारीज्यु, सिताराम सापकोटाज्यु, महेन्द्र थापाज्यु,रमेश धमलाज्यु, चन्द्र प्रसाद रिजालज्यु, नवराज दाहालज्यु देखि हालको १९औं अध्यक्षका रुपमा खुम बहादुर सुवेदी ज्यू हुनुहुन्छ । उहाँहरुको योगदान अतुलनयी रहेको छ । पर्यटन क्षेत्रमा आवद्ध भएदेखि नै टानसँग सहकार्य गरिरहेको छु ।

टानको ४१ औं साधारण सभाबाट निर्वाचित कार्य समितिको सदस्य हुँदै अहिले महासचिव छु । टानको विगतलाई नजिकबाट बुझेको छु । टानको वर्तमान अवस्थाको विषयमा सुचित छु र भविष्यमा टानको गरिमालाई नयाँ ढंगबाट उठाउन सक्ने योजनाका साथ टान अध्यक्षको उम्मेदवारी घोषणा गर्दछु । यही साउन ३० गते हुने निर्वाचनमा मलाइ पर्यटन व्यवसायीज्युले साथ र सहयोग गर्नु हुने ठूलो अपेक्षा छ ।

विश्व महामारीको रुपमा फैलिएको कोभिडका कारण थलिएको पर्यटन क्षेत्रलाई नयाँ ढंग र संरचनाबाट पुन पुरानै लयबाट विश्व सामु नेपालको पर्यटन प्रवद्र्धन गर्ने योजनाका साथ अध्यक्षको उम्मेदवारी घोषणा गरेको छु ।

कोभिडकै माहामारी महासचिवको भूमिका निर्वाह गर्दै गर्दा आम व्यवसायी, पर्यटन मजदुर र प्राविधिकसँग सँगै बसेर मैले सकेको सूचना, सहकार्य र समन्वय गरिरहेको अवगत नै छ ।

नेपाल सरकारको पर्यटन सरोकार मन्त्रालयहरु, विभागिय कार्यालयहरुसँग पर्यटन व्यवसायिज्युहरु र श्रमिकहरुको हकहितको विषयमा निरन्तर लागि परिरहेको छु ।

टानका सम्पुर्ण आदरणीय सदस्यज्यूहरुले मेरो भूमिका दृष्टिकोण र योजनाप्रति पूर्ण रुपमा सहयोग गर्नु हुने पूर्ण विश्वास छ । मैले मेरो घोषणापत्र घोषणा गर्ने प्रतिबद्धता केही दिनभित्र सार्वजनिक गर्ने छु ।

हजुरहरुले टानको अध्यक्ष पदमा साथ- सहयोगका लागि अपिल गर्दछु । यो पटक व्यवासायीक हकहित र महिला समावेशी नेतृत्व र टानका गरिमालाई नयाँ उचाईमा पुर्याउने उदेश्य लिएर उम्मेदवारी घोषणा गरेको छु ।

धन्यवाद !

सरिता लामा

अध्यक्ष पदको उम्मेदवार

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७