बामदेवले गरे नागरिकता विधेयकको बचाउ : सरकारको निर्णय ठिकै छ

‘वैवाहिक अंगिकृत नागरिकता लिन चाहने महिलाले आफ्नो देशको नागरिकता त्याग्ने व्यवस्था गर्नुपर्छ’


९ श्रावण २०७९, सोमबार
Bamdev scaled
फाइल फोटो

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वैवाहिक अंगिकृत नागरिकता लिन चाहने महिलाले आफ्नो देशको नागरिकता त्याग्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । आज (सोमबार) राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले वैवाहिक अंगिकृत नागरिकता लिनु पहिले आफ्नो देशको नागरिकता परित्याग गर्नुपर्ने प्रावधान राख्नुपर्ने बताएका हुन् ।

उनले सो प्रक्रिया पूरा गरेपछि मात्रै नागरिकता प्रदान गर्नुपर्ने बताए । नागरिकताको समस्या समाधान गर्न सरकारले विधेयक ल्याएर ठिक गरेको भए पनि कतिपय प्रावधानहरु सच्याउनु पर्नेमा उनले जोड दिए ।

उनले थपे, ‘हाम्रो देशमा वैवाहिक अंगिकृत नागरिकताको सम्बन्धमा अहिले जे व्यवस्था आएको छ, त्यो व्यवस्था थोरै केही कुराहरु सच्याउनु पर्छ । सच्याउनु भनेर भनेको उनले नागरिकता परित्याग गर्नको निम्ति प्रक्रिया सुरु गरेको सम्बन्धित निकायबाट, भारतको सम्बन्धित निकायबाट कुनै प्रमाण-पत्र लिएर आउनु पर्छ । मैले त्यो प्रक्रिया सुरु गरेको छु भनेर भन्ने मात्रै होइन, उनले प्रक्रिया सुरु गरोस्। र त्यो प्रक्रिया सुरु भएको कागजपत्र लिएर आएपछि उनले पाउनु पर्छ । यो नेपाली जनताको विशेष अवस्था हो । आधा भन्दा धेरै जनसंख्या बसेको तराईको समस्या हो । यो समस्या समाधान गर्नका निम्ति अहिले सरकारले जे व्यवस्था गरेको छ, ठिक गरेको छ । यसमा केही-केही सच्याउनु पर्ने विषय छ । त्यो सच्याउने काम गरोस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७