राजदूत पोखरेलले बुझाए ओहोदाको प्रमाणपत्र


९ श्रावण २०७९, सोमबार
kailashraj

अस्ट्रेलिया । अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले अस्ट्रेलियाका गर्भनर जनरल डेभिड हर्लीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

क्यानबेरास्थित दूतावासले एक विज्ञप्ति जारी गर्दै क्यानबेरास्थित गर्भनर हाउसमा आयोजित औपचारिक कार्यक्रममा पोखरेलले हर्ली समक्ष नेपाली राजदूतका रुपमा ओहोदाको प्रमाणपत्र बुझाएको उल्लेख गरेको छ ।

कार्यक्रममा गर्भनर जनलर हर्लीले नेपाल र अस्ट्रेलियाको द्विदेशीय सम्बन्ध लामो रहेको स्मरण गर्दै पोखरेलको सफल कार्यकालका लागि शुभकामना दिएका थिए । हर्लीले नेपाल अस्ट्रेलियाबीच रहेको सम्बन्ध विश्वास, समझदारी र सहकार्यका कारण अझ सुमधुर र गाढा बनेकोमा खुशी व्यक्त गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राजदूत पोखरेलले नेपालका राष्ट्रपति विद्यादेवि भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट पठाइएको सन्देश गर्भनर जनरललाई सुनाएका थिए । पोखरेललाई गार्ड अफ अनरसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा अस्ट्रेलियाली सरकारकातर्फबाट वैदेशिक विभागका अधिकारीका साथै चिफ अफ प्रोटोकलको समेत सहभागिता रहेको थियो भने नेपाली टोलीका तर्फबाट दूतावासका अधिकारी सहभागी थिए । नेपाल सरकारको तर्फबाट राजदूत नियुक्ति भए लगत्तै पोखरेल करिब एक साताअघि अस्ट्रेलिया आएका हुन् । यसभन्दा पहिले राजदूत रहेका महेशराज दहाललाई तत्कालीन सरकारले फिर्ता बोलाएपछि पोखरेल वर्तमान सरकारको सिफारिसमा अस्ट्रेलियाका लागि राजदूत नियुक्त भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७