सशस्त्र प्रहरी बलको उपत्यका भित्रको गण र गुल्ममा समेत राशन काण्ड


९ श्रावण २०७९, सोमबार
APF IGP

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालभित्र बेथिति बढ्दै गएको छ । त्यही बेथितिको अर्को रुप काठमाडौंस्थित गण र गुल्महरुमा देखिएपछि मुख्यालयले अनुगमन गरेको छ ।

सशस्त्र प्रहरी बलका काठमाडौंस्थित चार वटै गण र गुल्मको समेत अनुगमन गरिएको उच्च स्रोतले पुष्टि गरेको छ । निर्वाचन आयोगभित्र तैनाथ बाघ भैरव गुल्मसमेत भक्तपुर, ललितपुर र काठमाडौंमा रहेका गणको अनुगमन गर्दा प्राप्त विवरणले फेरि एक पटक गृज मन्त्रालयलाई झस्काएको बताइन्छ ।

डिआइजीहरुको नेतृत्वमा एसएसपीसहितको टोलीले अनुगमन गर्ने क्रममा सबै गण र गुल्ममा एक चौथाई सुरक्षाकर्मी मात्रै सामेल भएको पाइएको हो । अनुगमन टोलीका एक जना सदस्यका अनुसार साढे ४ सयसम्म सुरक्षाकर्मी भएको युनिटमा जम्मा सय जना मात्रै सामेलीमा उपस्थित भएको पाइएको छ ।

यसबाट बाँकी तीन सय बढी जनशक्तिको राशन हर्ताकर्ताले तलमाथि भएको प्रष्ट देखिन्छ । अहिले सशस्त्रमा राजधानी काठमाण्डौ उपत्यकाको वाहिनीपति वंशी दाहाल छन् । गण र गुल्मको निरीक्षण पछिको रिपोर्ट गत साता यथाशीघ्र कार्यान्वयननिम्ति हेडक्वार्टरमा बुझाइएको छ ।

स्थलगत अनुगमनको क्रममा पाइएको वस्तुस्थितिको सत्यतथ्य पत्ता लगाई कारवाही गर्न सम्बन्धित युनिटलाई निर्देशनसमेत दिइसकिएको छ । रिपोर्ट पठाउँदै मुख्यालयले भनेको छ, ‘कारवाही गरी नतिजा जाहेर गर्नु ।’

अनुगमन निर्वाचन आयोगमा रहेको गुल्मको समेत गरिएको थियो । उक्त गुल्मले नै महाराजगञ्जस्थित अमेरिकी दूतावास र कान्तिपथको फोहोरा दरबारस्थित अमेरिकी दूतावासको रिक्रियसन सेन्टरको सुरक्षा हेर्ने गर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७