काठमाडौंको तीनकुने र गैह्रीगाउँका चिनियाँ कल सेन्टरमा प्रहरी छापा


२०७९ श्रावण ९ सोमबार ०७:०१ बजे

काठमाडौं : काठमाडौंको तीनकुनेस्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ । काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले तीनकुने र गैह्रीगाउँका तीन ठाउँका कल सेन्टरमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।

एक प्रहरी अधिकारीका अनुसार कल सेन्टरबाट एक चिनियाँसहित २० भन्दा बढीलाई नियन्त्रणमा लिइएको छ । यो कल सेन्टर चिनियाँहरूले चलाएको प्रहरीको भनाइ छ । उनीहरूले एउटा घरलाई भाडामा लिएर कल सेन्टर चलाइरहेका थिए ।

प्रहरीका अनुसार कल सेन्टरबाट आपराधिक कृयाकलाप गरिरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको हो ।

प्रहरीका अनुसार काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि गैरकानुनी रूपमा कल सेन्टर सञ्चालन गरेको आशंकामा सादा पोसाकसहितको टोली निगरानीमा खटाइएको छ ।

२०७६ पुसमा गैरकानुनी गतिविधि गरेको आरोपमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरू पनि अनधिकृत रूपमा कल सेन्टर सञ्चालन र नेपालमा बसेर चिनियाँ नेटवर्किङ व्यवसाय चलाएको आरोपमा पक्राउ परेका थिए ।

यसअघि आइतबार रुपन्देहीको तिलोत्तमास्थित जानकीनगरमा भारतीय चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको थियो । प्रहरीले कल सेन्टरबाट अवैध गतिविधि गरेको आरोपमा ९ जना सञ्चालकलाई प्रकाउ गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७