खरानी पनि आयात हुन्छ भन्ने सुनेर अचम्ति भएँ : सभामुख सापकोटा

‘काठमाडौं र धरानका युवाको साइरनरुपी आवाजको भाषा बुझ्न जरुरी छ’


९ श्रावण २०७९, सोमबार
agniprasad sapkota 1536x864 1

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताएका छन् । आज (सोमबार) काठमाडौँमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।

उनले अहिले राष्ट्रमा काठमाडौँ र धरानलगायतका स्थानमा युवाहरुको ‘साइरन’ रुपी आवाजको भाषा बुझ्न जरुरी रहेको बताए । सभामुख सापकोटाले युवाहरुको आवाज बुलन्द गर्ने छिटपुट संकेत देखा परे पनि साइरनरुपी यी संकेतको भाषा बुझ्न आवश्यक रहेको बताए । ले पर्याप्त फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपाल जस्तो उर्वरभूमिमा २ खर्ब ५० करोडको खाद्यवस्तु आयात हुनु दुःखद् भएको बताए । सभामुख सापकोटाले खरानी समेत नेपालमा आयात हुन्छ भन्ने सुन्दा अचम्मित भएको बताए ।

सभामुख सापकोटाले भने, ‘हामी कति विडम्बनापूर्ण स्थितिमा बाँचिरहेका छौँ भने नेपाल जस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्नसक्छौँ तर गुन्द्रुक समेत अन्तबाट आयात गर्छौं । जनै लाउँछौँ तर नलगाउने चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै । खरानी समेत नेपालमा आयात हुन्छ । यो सुनेर आफैं अचम्मित छु । २ खर्ब ५० करोडको हामी खाद्यवस्तुहरु आयात गर्छौं । यो भन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ । युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले धेरै राम्रोसँग बुलन्द गरिरहेको छ । अहिले त छिटफुट संकेतहरु मात्रै देखा परेका छन्, काठमाडौं, धरान लगायतका ठाउँहरुमा । यो संकेत मात्रै हो, साइरन हो यो । साइरनको भाषा हामीले बुझ्नुपर्छ ।’

सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तरबिरोध मडारिन थालेको बताए । उनले संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताए । उनले नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

सभामुख सापकोटाले जलवायु परिवर्तनका असर र प्रभावहरु एकपछि अर्को गरेर गम्भीर रुपमा देखापरिरहेको उल्लेख गर्दै यसलार्य समाधान गर्ने दिशमा अघि बढ्न आवश्यक रहेको बताए । उनले जलवायु परिवर्तन्का अकल्पनीय घटना भइरहेको बताए । सभामुख सापकोटाले जलवायु परिवर्तनको शिक्षालाई राम्रोसँग अध्ययन गर्न नसके र यसका असर, प्रभावका बारेमा विश्लेषण गर्ने र बच्नेतिर ध्यान दिन नसके ठूलो दुर्घटना हुने बताए । उनले नेपालले अहिले हरित क्रन्तितिर नै ध्यान दिनुपर्ने आवश्यक्ता रहेको भन्दै पर्यावरण र वातावरण संरक्षणमा ध्यान दिन अति जरुरी भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७