प्रधानमन्त्री सहभागी कार्यक्रममा ‘नागरिकता विधेयक खारेज गर’ भन्दै नाराबाजी


२०७९ श्रावण ९ सोमबार ११:०८ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक खारेजीको माग गर्दै एक हुलले नाराबाजी गरेको छ । आज (सोमबार) कमलादिस्थित प्रज्ञाभवनमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा नागरिकता विधेयक खारेज गर, एमसीसी मुर्दाबाद, देउवा मुर्दाबाद, राष्ट्रियताको रक्षा गरौं भन्दै होहल्ला भएको छ ।

उद्घोषकले प्रधानमन्त्री देउवालाई मन्तव्यका लागि बोलाएपछि केही व्यक्तिले नाराबाजी गरे । कार्यक्रम स्थलमा नाराबाजी हुन थालेपछि सुरक्षाकर्मीले प्रधानमन्त्री देउवालाई सुरक्षित तवरले मन्तव्य स्थानसम्म पुर्‍याएका छन् । अहिले प्रधानमन्त्री देउवा कार्यक्रमलाई सम्बोधन गरिरहेका छन् । प्रहरीले नाराबाजी गर्नेहरुलाई कार्यक्रमस्थल बाहिर निकालेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७