श्रीमानले साउदीबाट पठाएको दुई लाख बैंकबाट झिक्ना साथ दिउँसै लुटियो


९ श्रावण २०७९, सोमबार
lutpat

जनकपुरधाम । जनकपुरधाममा सोमबार दिउँसो बैंकबाट रकम झिकेर फर्किदै गरेकी एक महिलाको दुई लाख रुपैयाँ लुटिएको छ । जनकपुरधाम-१ निवासी शर्मिला यादव मिल्स एरियास्थित एभरेष्ट बैंकबाट दुई लाख झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले रकम लुटेर भागेका छन् ।

साउदीमा रहेका श्रीमान देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुल नजिकै एक मोटरसाइकलमा आएका दुई जनाले रकम बोकेको झोला नै हातबाट लिएर भागेको शर्मिलाले बताएकी छन् । उनका अनुसार झोलामा २ लाख, नागरिकता, बैंकको कागजात र थप ५ सय रुपैयाँ थियो ।

आफू हिंडिरहेको समयमा एक्कासी आएका उनीहरुले हातबाट झोला लिएर गएको उनले बताएकी छन् । मोटरसाइकलमा चढेका उनीहरु दुवैले हेलमेट लगाएको उनले बताएकी छन् । धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले रकम लुटेराहरुको खोजी भइरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७