एक बर्षमा पौने ३ करोडको दाँत कोट्याउने सिन्का आयात


९ श्रावण २०७९, सोमबार
tooth pick join

काठमाडौँ । नेपालमा बार्षिक पौने ३ करोड रुपैयाको बाँसको सिन्का आयात हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
गत आर्थिक बर्षमा नेपालमा २ करोड ७१ लाख मूल्य बराबरको दाँत कोट्याउने बाँसको सिन्का अर्थात टूथ पिक आयात भएको भन्सार विभागले जनाएको छ ।

एक वर्षमा ८ लाख ८६ हजार किलो टुथ पिक आयात भएको र यसको मुल्य २ करोड ७१ लाख रुपैया बराबर रहेको र यसबापत सरकारले ८३ लाख रुपैयाँ राजस्व असुली गरेको विभागले जनाएको छ । नेपालमा चीन, भारत र थाइल्यान्डबाट टुथ पिक आयात हुने गरेको पनि विभागले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ नेपालमा २ करोड ३ लाख रुपैयाँ बराबरको टूथ पिक आयात भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७