सिंहदरबारमा प्रचण्ड र वामदेवबीच भेटवार्ता


२०७९ श्रावण ९ सोमबार ०७:०४ बजे

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

प्रचण्ड र गौतमबीच सोमबार सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । उनीहरूबीच करिब आधा घण्टा छलफल भएको जनाइएको छ ।

भेटमा वाम एकतालगायतका विषयमा कुराकानी भएको दुवै नेताको सचिवालयले जनाएका छन् । पछिल्लो पटक वाम एकताका लागि भन्दै नेताहरूको भेटघाट सघन बन्दै गइरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७