हजयात्रामा भ्रष्टाचार भएको भन्दै संसदीय समितिमा उठ्यो प्रश्न, गृहमन्त्रीको मागियो जवाफ


९ श्रावण २०७९, सोमबार
Mahila samiti Samsad Singhadarbar

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले हजयात्रा व्यवस्थापनमा भएको खर्चको विषयमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ ।

आज (सोमबार) सिंहदरबारमा बसेको समिति बैठकले हजयात्रा व्यवस्थापमा भएको खर्चलगायतका विषयमा भएको भनिएको अनियमितामाथि अनुसन्धान गरी निष्कर्षमा पुग्न अख्तियारलाई निर्देशन दिएको हो । बैठकले हजयात्रा व्यवस्थापनामा मुस्लिम आयोगको नेतृत्वदायी भूमिका नरहनुको कारण समितिलाई उपलब्ध पनि आयोगलाई निर्देशन दिएको छ ।

आयोगलाई उपलब्ध गराएको बजेट अपेक्षाअनुरूप नभए पनि प्राप्त उपलब्धि जनअपेक्षित नरहेको समितिको ठहर रहेको समिति सभापति निरुदेवी पालले बताइन् । उनले समस्या समाधानमा उपलब्ध बजेटको व्यवस्थापन र उपलब्धिमा समितिको गम्भीर चासो रहेको उल्लेख गरिन् ।

उनले आयोगको रणनीतकि कार्ययोजनाले मूर्तरूप लिन नसकेको भन्दै मुस्लिम समुदायको समग्र हकहित अभिवृद्धिका लागि नीतिगत, कानुनी सिफारिसमा बढी केन्द्रीत भई कार्यसम्पादन गर्न गराउन पनि आयोगलाई निर्देशन दिएकी छन् ।

बैठकमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले प्रयाप्त बजेटका कारण कार्यसम्पादनमा समस्या भएको बताएका थिए ।
हजका नाममा भ्रष्टाचार भएको भन्दै प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिमा सांसदहरुले प्रश्न उठाएका छन् । सांसदहरुले उठाएको प्रश्नलाई साथ दिँदै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूहरुले भ्रष्टाचार भएको भनी प्रश्न उठाउँदा हज समिति र गृह मन्त्रालय नै गम्भीर नभएको गुनासो गरेका छन् ।

त्यसपछि नेकपा एकीकृत समाजवादीका सांसद कलिला खातुनले हज यात्रामा पठाउँदा भ्रष्टाचार भएको आफूले समेत अनुमान गरेको बताइन् । भ्रष्टाचार भएको भनी छानबिनका लागि पटक-पटक गृहमन्त्रीलाई भेटेर सम्झाउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै उनले दुखः व्यक्त गरिन् ।

‘हज कमिटीमा यति धेरै भ्रष्टाचार भएको छ भन्ने कुरा प्रत्यक्ष मैले अनुमान गरेको छु । मैले बारम्बार गृहमन्त्री ज्युलाई भेट्न गएँ, बारम्बार संसदमा कुरा उठाएँ । तर, केही भएन’, सांसद खातुनले भनिन् । मुस्लिम आयोगका अध्यक्ष अन्सारीका अनुसार गएको वर्ष हज जानेहरुसँग दुई लाख ३० हजार रुपैयाँ लिइएको थियो । यस वर्ष बढेर ४ लाख ६३ हजार ८ सय पुर्‍याइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७