नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हरायो


२०७९ श्रावण ९ सोमबार १०:३९ बजे

काठमाडौंँ । साफ यू-१९ च्याम्पियनसिपमा नेपालले शानदार विजयी शुरुवात गरेको छ । भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएकोद छ ।

नेपालको जितमा दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरेका छन् । खेलको ४२ औं मिनेटमा दिपेशले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । आयुष घलानको फ्रिकिक माल्दिभ्सका गोलरक्षकले पन्च गर्दै बचाए पनि रिबाउण्डमा बललाई दिपेशले पोष्टको दिशा दिलाए ।

खेलको ५८ औं मिनेटमा सुगमले माल्दिभ्सका डिफन्डरलाई बिट गर्दै गोल गरे । ६२ औं मिनेटमा कृतिशले गोल गर्दै नेपाललाई ३(० को अग्रता दिलाए ।

६२ औ मिनेटमा माल्दिभ्सका डिफेन्डरले आयुष घलानलाई पेनाल्टी एरियामा लडाएपछि पाएके पेनाल्टीमा कृतिशले सहजै गोल गरे । खेलको इन्ज्युरी समयमा मनग्यले गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए । अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग खेल्ने छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७