सशस्त्रका २३८ जना डिएसपीको सरुवा, हेर्नुहोस् को-कहाँ ?


९ श्रावण २०७९, सोमबार
APF IGP

काठमाडौं : सशस्त्र प्रहरी बलका २३८ जना डिएसपी हरुलाई सरुवा गरिएका छ । सिसम–५ का डिएसपीहरुलाई गुल्म प्रमुखमा सरुवा गरिएको छ । २७ वटा स्थायी गुल्मका गुल्मपतिहरु परिवर्तन भएका छन् । १७ वटा आश्रित गुल्म (अस्थायी)मा  डिएसपीहरुको काज सरुवा गरिएको छ ।

सोमबार सशस्त्र प्रहरी मुख्यालयले साउन महिनादेखिको तलब भत्तासमेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी २३८ जना डीएसपीको सरुवा गरिएको जनाएको छ ।

आश्रित गुल्ममा पनि सवै सिनियर अधिकृतहरूलाई काज खटाएको छ । जुनियर अधिकृतहरूलाई गण, बाहिनी र प्रधान कार्यालयमा सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७