गत वर्ष एनआइसी एशियाले सर्वाधिक उच्च स्व-पुँजीमा प्रतिफल आर्जन गर्न सफल


९ श्रावण २०७९, सोमबार
Nic asia 1

काठमाडौं, साउन ९ । एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७८र०७९ को चौथो त्रैमासमा ३९ प्रतिशतले खुद नाफा वृद्धि गरी १९.६५ प्रतिशत स्व-पुँजी प्रतिफल आर्जन गर्न सफल भएको छ। यो मुलुकको बैंकिङ क्षेत्रको सबैभन्दा उच्च आर्जन रहेको अनुमान गरिएको छ भने सोही आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले सबैभन्दा बढी स्व-पुँजीमा प्रतिफल आर्जन गरेको थियो।

योसँगै बैंक आर्थिक वर्ष २०७६र७७ देखि २०७८र७९ सम्म सर्वाधिक उच्च स्व-पुँजीमा प्रतिफल आर्जन गर्ने वाणिज्य बैंक हुन सफल भएको बैंकले जनाएको छ।
पुँजीको उचित सदुपयोग र व्यवस्थापनबाट राम्रो नतिजा हासिल गर्न सकिन्छ भन्ने महसुस गर्दै एनआइसी एशिया बैंकले स्व-पुँजीमा प्रतिफलमा निकै राम्रो नतिजा ल्याउन सफल भएको हो। जसकारण बैंकले खुद नाफामा ४.५३ अर्बको हासिल गरेको छ।

साथै, बैंकले २०७८र७९ को चौथो त्रैमासमा ३९.१३ रुपैयाँ प्रति सेयर आम्दानी गरेको छ। बैंकले आफ्नो २५ ‍औं वर्षमा सेयरधनीहरूको अप्टिमम वेल्थ म्याक्सिमाइजेसन गर्न सफल भई आर्थिक वर्ष २०५६र०५७ मा एक कित्ता बराबरको साधारण सेयरमा लगानी गर्ने सेयरधनीको हालसम्म आइपुग्दा उक्त सेयर संख्या १३.१२ कित्ता पुगेको छ।
बैंकले कर्जा असुलीमा समेत उत्कृष्ट नतिजा हासिल गरेको छ। बैंकले निष्कृय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राखेको छ। त्यसैगरी, बैंकले कुल पुँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत र टायर द क्यापिटल एडिक्वेसि रेसियो ८.९३ प्रतिशत पुर्‍याएर पुँजी व्यवस्थापनतर्फ पनि उत्साहजनक नतिजा हासिल गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७