एकीकृत समाजवादीका उपमहासचिव तुलाधर गृहमन्त्री खाँणको विपद् विज्ञ


२०७९ श्रावण ९ सोमबार ०७:०८ बजे

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा पूर्व मन्त्री गंगालाल तुलाधर गृहमन्त्री बालकृष्ण खाँणको विपद् विज्ञमा नियुक्त भएका छन् ।

पूर्वमन्त्री समेत रहेका तुलाधरले मर्यादालाई वेवास्ता गर्दै गृहमन्त्रालय अन्तर्गतको विपद् ब्यवस्थापन प्राधिकरणको विज्ञ विपद् ब्यवस्थापन विज्ञको नियुक्ती लिएका हुन् ।

उपसचिवभन्दा माथिल्लो पदमा नियुक्ति वा मनोनयन गर्नुपर्दा मन्त्रिपरिषदले गर्नुंपर्ने विद्यमान ब्यवस्था छ । तर तुलाधरको नियुक्ति मन्त्रिपरिषदले गरेको भए पनि गुपचुप राखिएको छ ।

मन्त्रिपरिषदले गरेको निर्णयलाई खुसुक्क कार्यान्वयन गरेको गृहमन्त्रालयको बेबसाइटमा समेत उनको नाम राखिएको छैन । पूर्व शिक्षामन्त्री समेत रहेका तुलाधर नेकपा (एकीकृत समाजवादी)को प्रमुख नेताहरु मध्येका एक हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७