ग्लोबल आइएमई बैंकको ‘चक्रवर्ती मुद्दती निक्षेप योजना’सार्वजनिक


९ श्रावण २०७९, सोमबार
global ime 1658664472

काठमाडौं, ग्लोबल आइएमई बैंकले ग्राहकहरूको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोहीअनुसार बनाउन सकिने ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना,सार्वजनिक गरेको छ।

यस मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकहरूको चाहना बमोजिम सोभन्दा अझ बढी हुने बैंकले जनाएको छ।

यस योजनामा निर्धारित ब्याजदरको लागि आवश्यक ब्याज प्रचलित दरअनुसार लागू हुनेछ। यो मुद्दती निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात दश हजार रुपैयाँ रहेको छ।

यसले ग्राहकहरूलाई आफ्नो निक्षेपको उच्चतम प्रतिफल प्राप्त गर्न टेवा पुर्‍याउने विश्वास बैंकले लिएको छ।

मुलुकका ७७ वटै जिल्लामा २८९ शाखा रहेको बैंकले २६२ एटिएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट ग्राहकहरूलाई बैंकिङ सेवा पुर्‍याइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७