मन्दाकिनी हाइड्रोपावरको आइपिओ बिक्री खुला


९ श्रावण २०७९, सोमबार
ipo

काठमाडौं, सर्वसाधारणका लागि मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आइपिओ आज (सोमबार) देखि बिक्री खुला गरेको छ।

कम्पनीले जारी पुँजी ५८ करोड ८० लाख ३६ हजार नौ सय रुपैयाँको २० प्रतिशत अर्थात् ११ करोड ७६ हजार सात हजार तीन सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आइपिओ निष्कासन गरेको हो।

कम्पनीले निष्कासन गरेको कुल सेयरमध्ये २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ। यसबाट बाँकी रहेको १० लाख ९३ हजार सात सय ४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ।

उक्त आइपिओमा आवेदन दिने समय साउन १२ गतेसम्म छ। सो समयभित्र माग बमोजिम आवेदन नपरेमा साउन २३ गतेसम्म समय थप हुनेछ।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण सी(आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन्। यसका साथै मेरो सेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ।

कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस (आइएस) रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७