२०७९ साउन १० गते मंगलबारको तपाईको राशिफल

साउन कृष्ण त्रयोदशी पञ्चाङ्गः व्याघात गर आर्द्रा , गथांमुगः चःह्रे


१० श्रावण २०७९, मंगलवार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । व्यापारबाट पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ योजना बन्ने छ । घुम्न जाने योजना पनि बन्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ काम वा रोजगारको अवसर मिल्ने छ । सफल यात्रा पनि रहला । मित्रको सहयोगबाट मिल्ने छ, तर पारिवारिक समस्या र आर्थिक पक्ष राम्रो छैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । कुनै कुराले मनमा शान्ति पनि छाउने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । घरमा अतिथिको आगमन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज खानपिनका कारण पेटमा समस्या बढ्न सक्ने सम्भावना छ । लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला, तर वैदेशिक काम बन्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रमाइलो यात्राको योग रहेको छ । बन्धुबान्धवबाट विशेष सहयोग मिल्ने छ । प्राविधिक कार्यमा सफलता मिल्ने छ । आज दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउने छ । नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्‍याउनु होला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्ने छ । कुनै कुराले मनमा शान्ति छाउने छ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कठोर परिश्रम गर्नुपर्ने समय छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । नाक तथा घाँटीमा समस्या आउन सक्छ र स्वास्थ्यप्रति सजगता अपनाउनु पर्नेछ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७