देशभर मेघगर्जन र चट्याङसहित बर्षा हुने


१० श्रावण २०७९, मंगलवार
rain

काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिणतिर अवस्थित रहेको छ भने पूर्वमा सरदर स्थानको आसपासमा रहेको मौसमविदले जनाएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश-१, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज (मंगलबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश -१ का एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बर्षाका कारण बाढी, पहिरो र डुबानको समस्या हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७