भदौं १ बाट ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोगमा कडाइ


१० श्रावण २०७९, मंगलवार
plastic bag.2019 11 02 04 11 50

काठमाडौं । सरकारले भदौ १ गतेबाट ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने भएको छ । ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोगमा नियन्त्रणका लागि वातावरण विभागले अनुगमनलाई बाक्लो बनाउने भएको छ ।

अनुगमनमा सरकारको निणर्य विपरित ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रायोग, उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने बिभागले जनाएको छ । सरकारले २०७८/०६/१९ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो ।

४० माईक्रोनभन्दा पातलो प्लाष्टिकका झोलाको प्रयोगले वातावरणमा प्रतिकुल प्रभाव पारेको विभागले जनाएको छ । ‘वातावरणमा यति संवेदनशिल प्रभाव रहेको प्लाष्टिकका झोला प्रतिवन्धको नेपाल सरकारको निणर्यको प्रभावकारी कार्यान्वयन गर्न नेपाल सरकार मन्त्रिपरिषद्) को मिति २०७८/१०/१७ को निणर्यबाट प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत भई कार्यान्वयनमा रहेको छ ।’

विभागको सूचनामा भनिएको छ, ‘विभागबाट विगतमा अनुगमन सुरु गरिएकोमा कोभिड-१९ को प्रकोपका कारण केही समय अनुगमनमा केही खुकुलो भएको सन्दर्भमा पछिल्ला दिनहरुमा ४० माईक्रोनभन्दा कम पातला प्लाष्टिकको झोला उत्पादन तथा उपयोगमा वृद्धि भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७