बाँकेमा आफै घरमा दम्पती मृत फेला, हत्याको आशंका


२०७९ श्रावण १० मंगलबार ०७:३६ बजे

बाँके । बाँकेको कोहलपुर नगरपालिका-१४ पार्वतीपुर आफ्नै घरभित्र एक दम्पती मृत फेला परेका छन् ।
श्रीमती मञ्जु गडरियाको घरभित्र र श्रीमानको शव घर बाहिर फेला परेको प्रहरीले जनाएको छ । अहिले प्रहरी घटनास्थल पुगेको छ ।

‘चुँडिएको डोरी भेटिएको छ, घटनास्थल रगताम्य देखिएको छ, संघर्ष गरेको जस्तो देखिन्छ’, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले भने । घटनास्थल हेर्दा उनीहरूको हत्या भएको देखिएको उनको भनाइ छ । मृतक दम्पतीको शरीरमा चोट देखिएको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७