मेयर कोइरालाको सम्पत्ति : साढे चार बिघा जग्गा, ८० तोला सुन र प्राडो


१० श्रावण २०७९, मंगलवार
nagesh koirala

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख (मेयर) नागेश कोइरालाले महानगर समक्ष आफ्नो सम्पत्ति विवरण पेस गरेका छन् । महानगरपालिका कार्यालयले सूचना प्रकाशित गरी स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई सम्पत्ति विवरण पेस गर्न भनेको थियो ।

महानगर प्रमुख कोइरालाले सम्पत्ति बुझाएको कोइरालाका प्रेस संयोजक मीनकुमार नवोदित श्रेष्ठले जानकारी दिएका छन् । जसअनुसार कोइरालासँग महानगर क्षेत्रभित्र साढे चार बिघा जग्गा रहेको छ । वडा नम्बर १५ र वडा नम्बर ११ मा उनको नाममा पैतृक रुपमा प्राप्त जग्गा रहेको महानगरलाई बुझाइएको विवरणमा उल्लेख छ । कोइरालाले आफ्नो नाममा रहेको सम्पत्तिको विवरण महानगरलाई बुझाएको प्रेस संयोजक श्रेष्ठले जानकारी दिए ।

विवरणअनुसार कोइरालाको नाममा विराटनगर १५ मा कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी २८ हजार ७१९ दशमलव ७८ वर्गमिटर गरी कूल ८५ कठ्ठा जग्गा छ । विराटनगर ११ मा ११ कठ्ठा जग्गा छ । यो पनि पितापुर्खाबाट प्राप्त भएको हो । सो जग्गा भाइको नाममा रहेको कैफियतमा जनाइएको छ ।

महानगरलाई बुझाइएको सम्पत्ति विवरणमा कोइरालाले २० वर्ष अघि खरिद गरेको ८० तोला सुन पनि उल्लेख छ । त्यतिबेला रु. ८ लाख रुपैयाँमा सुन खरिद गरिएको जनाइएको छ । कोइरालाको नाममा सानिमा बैंकमा १० लाख रुपैयाँ नगदसमेत रहेको छ । विवरणमा रु. ३ करोड ३० लाख रुपैयाँ पर्ने एउटा टोयोटा गाडीसमेत रहेको र यो पनि पैतृक सम्पत्तिबाटै खरिद गरेको जनाइएको छ ।

n 1
n1 1
n2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७