‘फरेन्सिक ल्याबको रिपोर्ट’ मा छानविन समितिले भेटेन केहि


१० श्रावण २०७९, मंगलवार
janardan

काठमाडौँ । संसदीय विशेष छानविन समितिले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताका विषयमा नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट प्राप्त विवरणमा आधारित भएर अध्ययन शुरु गरेको छ ।

बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिलाई सम्लग्न गराएको भनी गठित छानबिन समितिले अर्थ मन्त्रालयमा डिलिट गरिएको भनिएको सिसीटिभी फुटेजको वास्तविकता पत्ता लगाउन विधि विज्ञान प्रयोगशाला पठाएको थियो ।

आज बिहान बसेको समितिको बैठकमा प्रयोगशालाबाट प्राप्त विवरणका सम्बन्धमा अध्ययन शुरु गरिएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । मंगलबार ( १० साउन) मा बसेको समितिको बैठकमा फरेन्सिक ल्याबको रिपोर्ट खोलेर देखाइएको थियो।

तर, समितिले विज्ञ राखेर परामर्श गरेपछि मात्र त्यसबारे सार्वजनिक गर्ने सदस्य सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । तर एक समिति सदस्यले भने फरेन्सिक ल्याबको रिपोर्टबारे प्रष्ट नभएपछि विज्ञ बोलाइएको बताए ।

प्राविधिक विषयमा थप जानकारी लिन हामीले सम्बन्धित अधिकारीलाई बोलाएका छौँ । समितिको बैठक अपराह्न ४ बजे पुनः बस्नेछ । बजेट निर्माणका दिन गत जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिलाई सम्लग्न गराइएको र करको दर हेरफेर गरिएको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको थियो । सोही आरोपमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । अहिलेसम्मको अध्ययन अनुसार

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७