नर्सिङ छात्रा बलात्कारको आरोपमा कराँते प्रशिक्षक र साथी पक्राउ


१० श्रावण २०७९, मंगलवार
binod raut11658814890

मोरङ । एक १९ वर्षीया नर्सिङ छात्रालाई बलात्कार गरेको आरोपमा विराटनगरमा नाम कहलिएका कराँते प्रशिक्षक र उनका साथी पक्राउ परेका छन् । छात्राको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेका कराँते प्रशिक्षकलाई जिल्ला अदालत मोरङको आदेशमा थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

पक्राउ पर्नेमा कराँते प्रशिक्षक विनोद राउत र उनका साथी सुरज सुवेदी छन् । सुवेदी पनि कराँते प्रशिक्षक भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख (एसपी) शान्तिराज कोइरालाले जानकारी दिए । विराटनगर महानगरपालिका-३ निवासी ५० वर्षीय राउत र सुवेदीले नर्सिङ पढ्दै गरेकी एक छात्रालाई होटेलमा लगेर पटक-पटक बलात्कार गरेको जाहेरी आएको मोरङ प्रहरीले जनाएको छ । एसपी कोइरालाले भने, ‘थुनामा राखेर थप अनुसन्धान गरिरहेका छौं ।’

सुवेदीको साथ लिएर राउतले छात्रालाई होटेलमा लगेर बलात्कार गर्ने गरेको र त्यसको भिडियो समेत बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कोइरालाले बताएका छन् । प्रहरीका अनुसार पीडकले ‘भिडियो सार्वजनिक गरिदिने भन्दै धम्क्याएर आफूमाथि पटक-पटक बलात्कार गरेको’ छात्राले बयान दिएकी छन् । ती छात्राले आफू अन्यायमा परेको भन्दै न्यायका लागि प्रहरीसमक्ष आग्रह गरेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७