स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त


१० श्रावण २०७९, मंगलवार
Bidhya Bhandari

काठमाडौं । स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा तीन देशका लागि राजदूत नियुक्त गरेकी हुन् ।

स्पेनका लागि नेपाली राजदूतमा डा. शर्मिला पराजुली (ढकाल) लाई नियुक्त गरिएको छ । यस्तै, रुसी महासंघका लागि मिलनराज तुलाधार र रामस्वार्थ रायलाई डेनमार्कका लागि राजदूत नियुक्त गरिएको छ ।

भारतका लागि आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानका लागि समेत राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७