भारतमै मंकीपक्स देखिइसक्यो, हाम्रो सरकार निन्द्रामै छ : एमाले


१० श्रावण २०७९, मंगलवार
Yogesh Bhattarai

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले मंकीपक्सको प्रकोपबाट बच्न सरकारले के तयारी गरेको छ ? भन्दै गरेका छन् ।

उनले विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपत्काल घोषणा गरिसकेको मंकीपक्सका विषयमा नेपाल सरकार र स्वास्थ्य मन्त्रालय भने निद्रामा रहेको आरोप लगाए । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले छिमेकी देश भारतमा समेत संकट फैलिएको र चार जनामा लक्षण देखापरेको भन्दै नेपालमा फैलन नदिन सीमा नाकामा कडाइ गर्न आग्रह गरे ।

‘दुनियाँमा पाँच जनाले ज्यान गुमाए । धेरै ठूलो कुरो होइन होला । तर, अमेरिका, युरोप जस्ता देशमा हायलकायल बनाएको छ’, उनले भने, ‘हाम्रो सरकार कुनै सार्वजनिक ढंगले सरकार मौन बसेको छ । सरकार निद्रामा छ । हाम्रा सीमानामा साइनबोर्ड र एयरपोर्टमा साइनबोर्ड भएको छैन ।’ सोबारेमा उनले सीमा नाकामा कडाइ र सचेतना गर्ने तथा ‘टेस्ट स्टेसन’ खडा गर्न माग गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७