विराटनगर जुट मिल फेरि सञ्चालन गरिन्छ : मन्त्री बडू


१० श्रावण २०७९, मंगलवार
dilendra

मोरङ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले विराटनगर रानीस्थित विराटनगर जुट मिल पुनः सञ्चालन गरिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विराटनगर जुट मिल सञ्चालन गर्ने सम्बन्धमा निजी क्षेत्रका उद्यमी एवं व्यापारीसँग आवश्यक छलफल गरी सञ्चालनको विधि तयार गर्ने जानकारी दिए ।

मन्त्री बडूले मुलुकमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योगलगायत के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगनमनपछि निणर्य गर्ने जानकारी दिए ।

मन्त्री बडूले मुलुकको व्यापार घाटा कम गर्न निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि गर्नका साथै रोजगारी सिर्जना गर्ने विचार राखे । एक प्रश्नको जवाफमा उनले निजी क्षेत्रले बजेटमा कर वृद्धिसम्बन्धी गुनासो समाधान गर्ने धारणा राखे । मन्त्री बडूले निजी क्षेत्रका उद्योग पूणर् क्षमतामा सञ्चालनका लागि उद्यमीहरुलाई के कस्तो सुविधा उपलब्ध गराउनुपर्छ भन्ने विषयमा पनि आवश्यक छलफल गरी अघि बढ्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७