गंगा चौधरीको प्रश्न : शीर्ष नेताहरुमा किन लेन्डुप दोर्जेको झल्को देखिंदैछ ?


१० श्रावण २०७९, मंगलवार
ganga chaudhari

काठमाडौं । प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकमा नेकपा एमालेकी संसद गंगा चौधरीले निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्षसम्म पनि सरकारले अपराधी खोज्न नसकेको आरोप लगाएकी छन् ।

सांसद चौधरीले सरकारले हत्यारा सार्वजनिक नगरेकोले हत्यारा फेला पारेको कुरा नै शंकास्पद भएको उल्लेख गरेकी छन् । उनले भनिन्, ‘आज निर्मला पन्तको हत्या भएको ठिक ४ वर्ष भयो । पहिला यो सदनमा चर्कोचर्को आवाज गुन्जिन्थ्यो तर आज म त्यो आवाज खोजिरहेकी छु । के साँच्चिकै निर्मलाको हत्यारा पत्ता लागेकै हो ?’ उनले यदि हत्यारा समातिएकै हो भने कुन कारागारमा राखिएको र अहिलेसम्म किन सार्वजनिक नगरेको भन्दै सरकारलाई प्रश्न तेस्र्याएकी छन् ।
शीर्ष नेताहरुमा लेन्डुप दोर्जेको झल्को
उनले हाम्रा शीर्ष नेताहरुमा सिकिम्मका नेता लेन्डुप दोर्जेको झल्को देखिने पनि बताइन् । उनले भनिन्, ‘मेरो दृष्टि भ्रम हो या सबैले यस्तै झ-झल्को देखिरहेका छन् । सम्माननीय सभामुखको आशनको दाहिनेतिर बस्ने सबैको अनुहारले लेन्डुप दोर्जेको याद दिलाएको छ ।’

लेन्डुप दोर्जेलाई तत्कालीन भारतीय प्रम इन्दिरा गान्धीले सिकिम्म भारतमा नगाभुनजेल रातो कार्पेट औच्छ्याएर स्वागत गर्ने बताउँदै उनले हाम्रा नेताहरुको हालत पनि त्यस्तै भएको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७