विप्लवसहितका चार कम्युनिष्ट पार्टीद्वारा आन्दोलन घोषणा


१० श्रावण २०७९, मंगलवार
bam 4 k3PS0pqcES

काठमाडौंँ । संसद बाहिर रहेका चार कम्युनिष्ट पार्टीहरुले राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकाको सवालमा संघर्षका कार्यक्रम घोषणा गरेका छन् । मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरुले एसपीपी, महँगी र नागरिकता विधेयकका विरुद्ध आन्दोलनका घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा साउन १० गते पत्रकार सम्मेलन, साउन १३ गते देशव्यापी कोणसभा, साउन १५ गते देशव्यापी मसाल जुलुस, साउन १८ गते काठमाडौंमा अन्तरक्रिया, २१ गते प्रदेश सदरमुकाम र काठमाडौंमा विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

त्यसपछि पुनः बैठक बसेर दोस्रो चरणका कार्यक्रम घोषणा गरिने नेकपाका अध्यक्ष ऋषि कट्टेलले जानकारी दिए । आन्दोलन घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्व र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा समाजवादी समाजवादी रहेका छन् ।

1 25
2 24

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७