बलात्कारको आरोप लागेका वडाध्यक्ष कारागार चलान


१० श्रावण २०७९, मंगलवार
pakrau
फाइल फोटो

बैतडी । बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका-१ का वडाध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

एक २८ वर्षीया महिलालाई गत २०७८ साल चैत १५ गते बलात्कार गरेको आरोपमा वडाध्यक्ष नेगीसँगै सोही ठाउँका केशवसिंह नेगीलाई पनि असार १४ गते पक्राउ गरिएको थियो ।

दुबै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । उनीहरुविरुद्ध जबरस्तीकरणी मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरी अदालतमा पेस गरेको थियो । पीडित महिला परिवारकै संरक्षण रहेकी छन् । नेगी वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका-१ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७