गलत तथ्याङ्कका कारण देश अधोगतितिर गयो : मिन विश्वकर्मा


१० श्रावण २०७९, मंगलवार
min bishwokarma

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले गलत तथ्यांकका कारण देश अधोगतितर्फ गएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

आज (मंगलबार) सरकारले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरेको तथ्यांक विधेयकको बारेमा छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले यस्तो बताएका हुन् ।

उनले सबै क्षेत्रका तथ्यांकलाई दुरुस्त राखेमात्रै मुलुक ठीक बाटोमा हिँड्ने बताए। सांसद विश्वकर्माले राष्ट्रिय परिचय पत्रको पनि तथ्यांक हुने भएकोले राष्ट्रिय परिचय पत्रमा भएका जाती विशेष मिथ्यांकलाई सच्याउनु पर्ने बताए ।

उनले सामाजिक बनावटलाई पहिचानका लागि प्रस्तुत गर्ने सवालमा दलित समुदायका केही जातीहरु वा थरहरुमा आफ्नो विमति रहेको बताए । सांसद विश्वकर्माले अहिलेको तथ्यांक विधेयकले देशको तथ्यांकका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७