दुई दिन उकालो लागेको शेयर बजार झण्डै ४५ अंकले घट्यो


१० श्रावण २०७९, मंगलवार
share market गिरावट

काठमाडौँ । दुई दिन उच्च अंकले उकालो लागेको शेयर बजार आज (मंगलबार) २०८८ अंकमा झरेको छ । ४४.८० अंक घटेसँगै नेप्से २१ सयभन्दा तल झरेको छ । मंगलबार ३ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । यसअघि सोमबार ४ अर्ब १० करोडको भएको थियो ।

१६५ कम्पनीको मूल्य घट्यो भने १५ को बढ्यो । सबै उपसमूह घटेका छन् । बैंकिङ २५, विकास बैंक ११४, फाइनान्स ५२, होटल तथा पर्यटन ७८, जलविद्युत् ४८, जीवन बीमा १३३, उत्पादन ९४, लघुवित्त ११०, निर्जीवन बीमा १०३, अन्य ५७ र ब्यापार ५० अंक घटे ।

मल्टिपर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ९.३ प्रतिशत बढ्यो । गणपति लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, अरुणकाबेली पावर, अरुणभ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी र राधि विद्युत् क्रमशः अगाडि रहे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७