जति बाँच्छु, सामाजिक कार्यमा लाग्छु : नेता पौडेल


१० श्रावण २०७९, मंगलवार
Ramchandra Poudel

तनहुँ । सत्तारुढ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बाँचुञ्जेल सामाजिक कार्यमा लाग्ने बताएका छन् । व्यास नगरपालिका- १४ कुलुङमा मंगलबार कार्यकर्तासँग भेटघाट गर्दै उनले आगामी दिनमा काम गरेर देखाउने उल्लेख गरे ।

‘म जति दिन बाँच्छु, बाँचुञ्जेल सामाजिक क्षेत्रमै काम गर्छु,’ नेता पौडेलले भने । व्यास नगरपालिका- १२ को छिर्कनबाट व्यास-१४ को कुलुड हुँदै केशवटार जोड्ने सडक निर्माण गर्न आफूले विशेष पहल गरेको उनले बताए । कुलुङ, छाब्दी र बन्दीपुरलाई जोडेर पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा नेता पौडेलको जोड छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पर्यटन प्रवर्द्धनका लागि जिल्लाका ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण र संवर्द्धनमा जोड दिन आवश्यक रहेको उनले बताए । विगतमा रोकिएका विकास निर्माणका कामलाई निरन्तरता दिइने नेता पौडेलले उल्लेख गरे । रासस

city
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७