टिकटक बनाउने क्रममा तालमा डुबेर बेपत्ता


१० श्रावण २०७९, मंगलवार
tiktok smart khbar

सल्यान । सल्यानको बन्गाड कुपिण्डे नगरपालिका-८ स्थित मिनी राराको रुपमा चिनिने कुपिण्डेतालमा डुबेर एक जना बेपत्ता भएका छन् । टिकटक बनाउने क्रममा ढुङ्गाबाट चिप्लिएर खस्दा कपुरकोट गाउँपालिका-६ सिनबाङ घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका-६ बस्ने ३६ वर्षीय बेदबहादुर बस्नेत बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस्नेत मंगलबार वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा चिनजान भएका धादिङको खानीगाउँ गाउँपालिका-३ घर भएका ३२ वर्षीय मुलबहादुर तामाङलाई लिएर कुपिण्डे ताल घुम्न आएका थिए ।

जिल्ला प्रहरी कार्यालय र बाबियाचौर प्रहरी पोष्टबाट खटिएका नौ जनाको प्रहरी टोलीले बेपत्ता भएका युवाको अहिले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । चारैतर्फ खुला रहेको कुपिण्डे ताल छेउमा उद्धार टोली समेत नभएकाले बिगतमा पनि केहीको पौडी खेल्ने क्रममा त केहीको नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७