एकै दिन ६३८ मा कोरोना संक्रमण, दुई जनाको मृत्यु

फेरि ५० जिल्लामा देखियो कोरोना, काठमाडौंमा थपिए २३३ संक्रमित


१० श्रावण २०७९, मंगलवार
korona

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोराना भाइरस संक्रमण (कोभिड-१९) पुष्टि भएको छ । पाँच हजार ५५ वटा नमुना परीक्षण गर्दा ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५९ पुगेको छ । त्यस्तै, आज २१८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ७१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
फेरि ५० जिल्लामा देखियो कोरोना, काठमाडौंमा थपिए २३३ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३३ जना कोभिड-१९ संक्रमित थपिएका छन् । काठमाडौंमा १६५, भक्तपुरमा ६ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या दुईहजार ५०५ पुगेको छ । आज ५० जिल्लामा कोभिड १९ संक्रमित देखिएका छन् ।

आज देशभर रहेका तीन हजार ७१४ जना सक्रिय संक्रमितमध्ये तीन हजार ५८१ जना होम आइसोलेसनमा र १३३ जना संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेकामध्ये ३० जना आईसीयूमा र एक जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७