भारतमा राज्यसभा र लोकसभाका १९ सांसद निलम्वित


१० श्रावण २०७९, मंगलवार
lok sabha india scaled

नयाँदिल्ली । भारतको राज्यसभा अन्तर्गतका १९ जना सांसदलाई निलम्बन गरिएको छ । मर्यादाविपरित संसदमा हंगामा गरेको भन्दै उनीहरुलाई एक हप्ताका लागि निलम्बन गरिएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार तृणमूलका सांसद सुष्मिता देव, डा. शान्तनु सेन, डला सेन, शान्ता क्षेत्री, मोहम्मद अब्दुल्ला, एए रहिम, एल यादव, वीवी शिवादासन, अवीर रन्जन विश्वास र नदीमुल हक छन् ।

विपक्षी दलका यी नेताहरु संसद अवरोध गरी काम कारबाहीमा बाधा पुर्‍याएको उपसभापतिको आरोप छ । त्यस्तै सोमबार लोकसभा अन्तर्गत कांग्रेसका चार सांसदलाई निलम्बन गरिएको थियो । जसमा मणिक्कम टेगोर, टीएम प्रतापन, ज्योतिमणि र रम्या हरिदास छन् । उनीहरुले महँगीविरुद्ध संसदमा विरोध गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७