राष्ट्रिय सभाबाट मदन भण्डारी विश्व विद्यालयसम्बन्धी विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
गत साउन ९ गतेको प्रतिनिधिसभाको बैठकमा सो संशोधन स्वीकृतिका लागि निणर्यार्थ पेश गर्न खोज्दा गणपूरक संख्या नपुगेपछि यो कार्यसूची आजका लागि सरेको हो । सो विधेयक गत असार २० गते प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको थियो । अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ ।