‘विवादित’ सिद्धबाबालाई बलात्कारी भनेपछि पशुपतिबाट रोशनी शाही पक्राउ


१० श्रावण २०७९, मंगलवार
roshani1658829239

काठमाडौँ । प्रहरीले काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रबाट रोशनी शाहीलाई पक्राउ गरेको छ । पशुपतिमा आयोजित महायज्ञमा पुगेर हल्ला गरेपछि उनलाई पक्राउ गरिएको हो ।

सिद्धबाबा भनिने कृष्ण गिरी महायज्ञमा सहभागी छन् । उनी बलात्कार आरोपी रहेको भन्दै महायज्ञको विरोध गर्दै होहल्ला गरेपछि उनलाई पक्राउ गरिएको हो । रोशनीलाई उनका श्रीमानले बुझेर लगेका छन् । ‘विवादित’ सिद्धबाबामाथि अनुयायी महिलामाथि बलात्कार गरेको आरोपमा मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७