प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणमा माओवादीले उठायो प्रश्न


१० श्रावण २०७९, मंगलवार
prabhuram sharma GT663HUbZO

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणबारे संसदमा प्रश्न उठाएका छन् । प्रधानसेनापति प्रभुराम शर्माले ‘एनुअल चिफ अफ डिफेन्स कन्फ्रेन्स’ मा भाग लिन साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलिया भ्रमण गर्ने तय भएको छ ।

तर माओवादी केन्द्रका सांसदहरुले भने यो सम्मेलन अमेरिकाको इण्डोप्यासिफक रणनीति (आईपीएस) सँग जोडिएको भन्दै प्रधानसेनापतिको भ्रमणमाथि प्रश्न उठाएका छन् । आज (मंगलबार) को प्रतिनिधिसभा वैठकको शून्य समयमा बोल्दै माओवादीकी सांसद अमृता थापाले आईपीएस सम्मेलनमा भाग लिए परराष्ट्र नीति विपरीत हुने बताइन् ।

यस्तै अर्का सांसद अन्जना विशंखेले संसदबाट एमसीसी पास गर्दा नै नेपाल आईपीएसको अंग हुने छैन भनेर घोषणा गरिएको स्मरण गर्दै सरकारलाई प्रश्न गरेकी छन्, ‘यो निणर्यलाई लत्याएर सरकारले प्रधानसेनापतिलाई आईपीएसको सम्मेलनमा कुन हैसिततले पठायो ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७