योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित


२०७९ श्रावण १० मंगलबार ११:११ बजे

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्यिसभामा उत्पत्ति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ पारित भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा विधेयकमाथि भएको दफाबार छलफलको प्रतिवेदनसहित छलफलका लागि प्रस्ताव गरेपछि उक्त विधेयक सर्वसम्मतिबाट पारित भएको हो ।

छलफलमा उठेका विषयमा स्पष्ट पार्दै मन्त्री पौडेलले नेपाली महिला मुक्ति आन्दोलनकी अग्रणी योगमायाको नाममा अरुण उपत्यकामा स्थापना हुने सो विश्वविद्यालयमा विदेशी विद्यार्थी समेत ल्याई आयुर्वेदिक विषयमा खोज अनुसन्धान हुने बताए ।

आयुर्वेद, योग चिकित्सा तथा जडीबुटीको अध्ययन, अनुसन्धान गरी दक्ष जनशक्ति उत्पादन गर्न यो विधेयक ल्याइएको हो । यो विधेयक प्रमाणीकरण भएको ३१ औँ दिनदेखि लागू हुनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही साउन १३ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७