प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आठ करोड मतपत्र

‘मंसिर ४ का लागि निर्वाचन मिति तोकिए आश्चर्य नमाने हुन्छ’


१० श्रावण २०७९, मंगलवार
Matpatra File
सांकेतिक तस्वीर

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी मंसिर ४ गते निर्वाचन हुने संकेत गरेका छन् । आज (मंगलबार) आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले अब बस्ने क्याबिनेटबाट मंसिर ४ गतेका लागि मिति तोकिने संकेत गरेका हुन् ।

‘आयोगले सम्पूर्ण ब्यहोरासहित एकै चरणमा गर्नेगरी परामर्श गरिरसकेको छ । आउँदो क्याबिनेटको बैठकबाट मंसिर ४ गते मिति तोकियो भने आश्चर्य नमाने हुन्छ’, उनले भने । आयोगले मंसिर २ गते निर्वाचन गर्न सरकरालाई प्रस्ताव गरेको छ । उनले आयोगले दिएको मितिको सेरोफेरोमा निर्वाचन मिति तोकिने बताए ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिव ८ करोड मतपत्र छाप्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘अबको चुनावमा ८ करोड मतपत्र छाप्नु पर्छ । एउटा मतदान केन्द्रमा चार वटा मतपेटिका राख्नुपर्छ । यसअनुसार कर्मचारी पनि चाहिएला ।’ निर्वाचनको मिति तय नभएपनि आयोगले आन्तरिक तयारी थालिसकेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७