बैकिङ कसुरमा फरार गुरुङ पक्राउ


१० श्रावण २०७९, मंगलवार
farar pakrau2022 07 26 05 34 59

काठमाडौँ । बैकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेकी कास्की पोखरा महानगरपालिका-१७ की ४२ वर्षीया निशा गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई मंगलबार टोखाबाट पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले २३ लाख १४ हजार २५० रुपैयाँ जरिवानासहित पाँच दिनको कैद सजाय हुने ठहर गरेको थियो । अदालतको फैसलालगत्तै गुरुङ फरार थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७