हत्या अभियोगमा जन्मकैद सजाय सुनाइएपछि फरार महिला पक्राउ


१० श्रावण २०७९, मंगलवार
gita gurung

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा अदालतबाट जन्मकैदको सजाय पाएकी एक महिला पक्राउ परेकी छन् ।  पक्राउ पर्नेमा भोजपुरको खार्ताम्छा-१ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने वर्ष ४३ की गीता गुरूङ छन् ।

गुरुङविरुद्ध चितवन जिल्ला अदालतको मिति २०७७ माघ १२ गतेको फैसलाले जन्मकैदको सजाय सुनाएको थियो । हालसम्म फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष अनुसन्धान टोलीले सोमबार महाराजगन्जबाट पक्राउ गरेको हो । गुरुङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

city
ncll 2
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७