पैसा नदिए एसिड हान्छु भन्दै महिलालाई दुःख दिने युवक पक्राउ


१० श्रावण २०७९, मंगलवार
crime jdsq63YaFZ

काठमाडौं । प्रयांक भिडिओ बनाउने नाममा महिलालाई एसिड छ्यापिदिन्छु भन्दै दुःख दिएको आरोपमा एक युट्युवर युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रयांकका नाममा भिडिओ खिचेर महिलालाई सार्वजनिक स्थानमा तनाव दिएको भिडिओको चर्को आलोचना भएपछि प्रहरीले ती युवकलाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीको साइबर ब्यूरोले पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका-३ गिरुबारी टोल बस्ने २६ वर्षीय प्रदीप उपनामका पूणर्चन्द्र भुसाललाई मंगलबार पक्राउ गरेको हो । ब्युरोका प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार उनलाई विद्युतीय कारोबार ऐनअनुसार नवलपरासी प्रहरीको सहयोगमा पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

अदालतको अनुमतिमा भुसाललाई सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको रायले जानकारी दिएका छन् । ‘उनी बदमास केटा’ नाम राखिएको युट्युब च्यानल चलाउने भुसालले हालै भाइरल भएको एक भिडिओमा बाटोमा हिँडिरहेकी महिलालाई, ‘साथमा भएको पैसा, मोबाइल, गहना नदिए एसिड हानिदिन्छु’ भन्दै तर्साएका थिए । उनले त्यसो भन्दा ती महिला एकदमै डराएकी थिइन् । प्रयांकका नाममा महिलामाथि भएको उक्त ज्यादतीलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७