आइएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यासब्याक सँगै थप २ सय रुपैयाँ छुट


१० श्रावण २०७९, मंगलवार
Mnemonic scaled

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित “आइएमई पे” ले हवाई उडान टिकटमा यहीँ साउन ४ गतेदेखि पुनः बोनस अफर सार्वजनिक गरेको छ ।

पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरुले आइएमई पे एप मार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त रू२०० बोनस पनि प्राप्त गर्ने गरी स्किम तयार गरिएको कम्पनीले जनाएको छ ।

पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहकहरू वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरू मात्र यो स्किममा सहभागी हुन सक्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७