‘सिराईचुली होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’मा गरिमा विकास बैंकका ग्राहकलाई विशेष छुट


१० श्रावण २०७९, मंगलवार
295870583 7754822661259065 2089576795052105302 n

काठमाडौं , गरिमा विकास बैंकले पर्यटकिय जिल्ला चितवनको भरतपुरमा अवस्थित ‘सिराईचुली होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’सँग विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्र अनुसार यस विकास बैंकको डेविट कार्ड र गरिमा डिजि बटुवा प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले ‘सिराईचुली होटल’बाट रुम तथा ब्रेकफास्टमा २५ प्रतिशतसम्म र फुड एण्ड वेभरेजमा १० प्रतिशत छुट पाउन सक्ने बैंकले उल्लेख गरेको छ ।

‘एनपिआई नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा आर्कषक १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७