पूर्वमन्त्री हेमराज राई सहित जसपाका ७ केन्द्रीय सदस्य एमालेमा प्रवेश गर्दै


२०७९ श्रावण ११ बुधबार ०७:२४ बजे

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री हेमराज राई नेकपा (एमाले)मा प्रवेश गर्ने भएका छन् । राई सहित जसपाका ७ केन्द्रीय सदस्यहरु नेकपा (एमाले)मा प्रवेश गर्न लागेका हुन् ।

नेता राईले सोमबार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा-पत्र बुझाएका छन् । नेता राईसँगै जसपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दानबहादुर चौधरी, चन्द्रविक्रम राई, भूराज राई, उमेश थापा, शान्त प्रधान, रामसिंह राई, सुनिल राई लगायत छन् ।

भोजपुर घर भएका राई पूर्व एमाले नेता हुन् । पूर्व क्षेत्रमा नेकपा (एमाले)को संगठन विस्तारमा महत्वपूर्ण भूमिका रहेका राईले तत्कालिन एमाले उपाध्यक्ष अशोक राईसँग एमाले परित्याग गरेका थिए ।

डा.बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमबीच एकता हुँदा राई उपाध्यक्ष थिए ।

हेमराजको बहिर्गमनले पहाडी क्षेत्रमा जसपालाई ठूलो धक्का लाग्ने भन्दै जसपाका नेताहरुले चिन्ता व्यक्त गरेको स्रोतको दाबी छ । जसपालाई प्रदेश १ मा बाबुराम भट्टराईले छोड्दा भन्दा हेमराजले छोड्दा बढी क्षति हुने उनीहरुको अनुमान छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७