२०७९ साउन ११ गते बुधबारको तपाईको राशिफल

साउन कृष्ण चतुर्दशी पञ्चाङ्गः हर्षण विष्टि/भद्रा पुनर्वसु


११ श्रावण २०७९, बुधबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज रमणीय र सुखद यात्राको योग छ । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । मनमा सहयोग भाव आउला । कुनै कुराले मनमा प्रसन्नता छाउने छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अतः धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

city
ncll 2

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । सुखद् एवं धार्मिक यात्राको योग पनि छ ।

jagdamba.cement
nepal liquors

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । नजिकैको व्यक्तिबाट सहयोग मिल्ने छ । रमाइलो यात्राको योग छ र कुनै कुराले मनमा खुशी पनि मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । वैदेशिक कार्य अघि बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज कार्य सम्पादनमा समस्या आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भय छ सचेत रहनुहोला, तर साँझमा शुभ समाचार मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक सेवा गर्ने अवसरले मान प्रतिष्ठा बढाउने छ । वैदेशिक कार्य अघि बढ्ने छ । कार्य सम्पादनमा सहजता र व्यापार व्यवसायमा सफलता मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
रोकिए काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्नेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने र ज्ञान सिक्ने मौका मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा समस्या बढ्न सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा बिवाद पनि आउला ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७